रियलमी ‘टेन प्रो प्लस फाइब जि’ फोन नेपाल आउँदै , के के छन् विशेषता ? – Nepal Press

रियलमी ‘टेन प्रो प्लस फाइब जि’ फोन नेपाल आउँदै , के के छन् विशेषता ?

काठमाडौँ । विश्व बजारमा छोटो समयमै लोकप्रिय स्मार्टफोन ब्रान्डको रूपमा स्थापित हुँदै गइरहेको रियल मीले हालै सार्वजनिक गरेको ‘मिड रेन्ज’को प्रिमियम स्मार्टफोन ‘टेन प्रो प्लस फाइब जि’अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ।

यसअघि भारतीय बजारमा अत्यधिक रुचाइएको यो फोनको डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोडको खर्च गरिएको कम्पनीको दाबी छ ।

साथै यसको डाइमेन्सिटी १०८० ‘फाइब जि’ चिपसेट रहेको र यो नेपालमै पहिलो तथा रियल मि टेन प्रो सिरिजकै उत्कृष्ट रहेको पनि कम्पनीले जनाएको छ ।

यस्तै फोनमा ६ इन्चको कभर डिस्प्ले , एचडिआर १० प्लस सर्टिफाइड भएको तथा ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरी ड्रप रेसिस्टान्ट रहेको , १०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु , गेम भाईब्रेसन मोटर , लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४।० लगायतका विशेषता पनि समावेश गरिएको छ ।

यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट र ५ हजार एमएएचको ब्याट्रि पनि समावेश गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *