अमेरिकाको ‘क्यापिटल रिओट’ को झल्को दिने ब्राजिल दंगा (भिडिओ) – Nepal Press

अमेरिकाको ‘क्यापिटल रिओट’ को झल्को दिने ब्राजिल दंगा (भिडिओ)

काठमाडौं । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा वर्तमान राष्ट्रपति जैर बोल्सोनारोका समर्थक र प्रहरीबीच झडप भएको छ । समर्थकहरु प्रहरी मुख्यालयमा प्रवेश गरेर गाडीमा आगजनी गरेको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् ।

लुला दा सिल्भाको विजयको विरोध गर्दै बोल्सोनारोका समर्थकहरूले प्रदर्शनमा उत्रेका हुन् । अक्टोबरमा भएको राष्ट्रपति चुनावमा लुला दा सिल्भाले वर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई करिब २१ लाख ३९ हजार मतले पराजित गरेका थिए । बोल्सोनारोले चुनाव हारे भने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो पछ्याउने र नतिजा स्वीकार नगर्ने घोषणा गरेका थिए ।

सोहीअनुरुप ब्राजिलमा गत अक्टोबर ३१ देखिनै प्रदर्शन सुरु भएको थियो यद्यपी सोमबार ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले आधिकारिक रुपमा लुलाको जित घोषणा गरेसँगै प्रदर्शन थप तिव्र बन्दै गएको हो । सोमबार देखि थप उग्र बनेका प्रदर्शनकारी हरुले मंगलबार राती प्रहरी कार्यलयमा धावा बोलेका हुन् ।

सामाजिक सञ्जालमा हिंसासँग सम्बन्धित धेरै भिडिओ भाइरल भइरहेका छन् । भिडिओ सेयर गर्दै पत्रकार एलन रियोसले लेखेका छन्- राजधानी ब्राजिलिया युद्ध क्षेत्र जस्तो देखिन्छ । यहाँ सवारी साधनमा आगजनी गरिएको छ । कतिपय भवनमा समेत तोडफोड भएको छ । रोयटर्सको रिपोर्टअनुसार प्रदर्शनकारीहरूले पहेँलो टि-सर्ट लगाएका थिए । यसलाई बोल्सोनारोको पार्टीको समर्थनको प्रतीकको रूपमा लिईन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *