स्किल कर्नर नेपालले नेपालकै ठूलो स्टार्टअप फेस्टिबल आयोजना गर्दै – Nepal Press

स्किल कर्नर नेपालले नेपालकै ठूलो स्टार्टअप फेस्टिबल आयोजना गर्दै

काठमाडौं । नेपाल जस्तो विकासउन्मुख देशमा नयाँ उद्यमीहरुलाई ठाउँ दिनुपर्छ र लगानीकर्ताहरुलाई समेत यस किसिमका नयाँ योजनाहरुले प्रोत्साहन गर्ने भन्दै स्किल कर्नर नेपालले स्किल कर्नर स्टार्टअप फेस्टिबल आयोजना गर्ने भएको छ । फेस्टिबल आगामी माघको २५ र २६ गते हुने भएको छ ।

उक्त फेस्टिबलमा लगानीकर्ताहरुको निम्ति कमिटी गठन गरिने र त्यसअन्र्तगत नयाँ तथा मौलिक योजनासहितका उद्यमीहरुको स्टार्टअपमा लगानी गर्न इच्छुकहरुले लगानी गर्न सक्ने छन् ।

स्टार्टअप फेस्टिबल भन्ने बित्तिकै नयाँ स्टार्टअपहरुलाई आफ्नो बजार व्यवस्थापन गर्न यसले निकै सहयोग गर्ने र यसले उद्यमशीलतालाई समेत प्रोत्साहन गर्ने स्किल कर्नरका डाइरेक्टर सौदेन बडाल बताउँछन् । कम्पनीले यसअघि पनि यस किसिमका आयोजनाहरुमा कुनै न कुनै हिसाबले काम गरेको र भविष्यमा पनि यस्तो कार्य गर्ने योजना रहेको संस्थाको भनाई छ ।

सय भन्दा बढी नयाँ स्टार्टअपहरुले यसमा भाग लिने अनुमान गरिएको छ र दैनिक एक हजारभन्दा बढी व्यक्तिले फेस्टिभल अवलोकन गर्ने संस्थाको ठम्याई छ ।

फेस्टिबल डाइरेक्टर अग्रिम अधिकारीका अनुसार यस फेस्टिबलले नयाँ उद्यमीहरुलाई बजारसँग जोड्ने साथै ठूला लगानीकर्ताहरुलाई समेत नयाँ योजनाका उद्यमशीलतामा लगानी गर्ने सुवर्ण अवसर प्रदान गर्ने छ । संस्थाले यस कार्य आयोजना गर्न स्पन्सरशिपको आह्वान पनि गरिसकेको छ ।

नेपालमा पहिलो पटक उद्यमीहरुको निम्ति यति ठूलो फेस्टिबल हुन लागेको हो । भारतलगायत अन्य दक्षिण एसियाली मुलुकमा यस किसिमका आयोजनाहरु भइरहेको र यसपल्ट नेपालमा समेत यो आयोजनाले नयाँ इट्टा थप्ने फेस्टिबल डाइरेक्टर एवम् स्किल कर्नर नेपालका प्रबन्ध र्निदेशक अधिकारीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर