प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा वुधबार घोषणा हुँदै – Nepal Press

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा वुधबार घोषणा हुँदै

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा वुधबार घोषणा हुने भएको छ । निर्वाचन आयोगले वुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा यस अघि नै आइसकेको भए पनि राजनीतिक दलले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेकाले आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर