इटहरीमा पैनीमाथिको संरचना भत्काउन मेयर हेमकर्णको निर्देशन


विराटनगर । इटहरी उप–नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा संगै खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो ।
मेयर हेमकर्ण पौडेल, उपमेयर संगिता चौधरीसहित इन्जिनियरहरुको टोलीले २ वटा निर्माणधीन अवैध संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएको हो ।
पैनी मिचेर बनाएको संरचना तत्काल हटाउन निर्देशन दिएका छौं मेयर पौडेलले भने । इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरीक्षण गरी उनीहरुले बनाउँदै गरेको घर रोकिएको हो ।
इटहरीकी उपमेयर संगिता चौधरीले खोला पैनीमा बनेको संरचना तत्काल हटाउन निर्देशन दिएकी छन् । वडाहरुलाई पनि निर्देशन कडाइको साथ लागु गर्न उपमेयरको निर्देशन थियो ।
इटहरीका सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ । लामो समय देखि संरचना मुनि पैनी कुदिरहेको रहेछ हामीले सहमतीमै भत्काउन लगायौ इटहरी ६ का वडाध्यक्ष दिवश पोखरेलले भने । वडा भित्रको सार्वजनिक सम्पति संरक्षण अभियान सुरु भएको पोखरेलको भनाई छ ।
खोला–पैनीमा अबैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।