अध्यादेशको विरोधमा धनराज गुरुङले भने : कांग्रेस विधिको शासनमा उभिनुपर्छ – Nepal Press

अध्यादेशको विरोधमा धनराज गुरुङले भने : कांग्रेस विधिको शासनमा उभिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन् ।

टिकापुर घटनाका दोषि रेशम चौधरीलगायतलाई रिहा गर्न अध्यादेशको विरोधमा उत्रिएका हुन् । उनले अध्यादेश मार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’

प्रजातन्त्र भनेकै विधिको शासन भएकाले कांग्रेस सधैं विधिको शासनको उभिनु पर्ने बताए । प्रधानमन्त्री देउवाले अध्यादेश ल्याएपछि उपसभापति गुरुङसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, युवा नेता प्रदीप पौडेल लगायतले विरोध जनाइसकेका छन् ।


प्रतिक्रिया

One thought on “अध्यादेशको विरोधमा धनराज गुरुङले भने : कांग्रेस विधिको शासनमा उभिनुपर्छ

  1. दोग्लागफ होइन सरकार जोसुकैको होस राष्ट्रिय महत्त्व को बाहेक ल्याएको अध्यादेश राष्ट्रपतिले पास गर्नुपर्छ पासफेल सम्बन्धित ल्याउने सरकारको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर