तरुण दलका अध्यक्ष गुरुङले दिए विनोद चौधरीलाई बधाई – Nepal Press

तरुण दलका अध्यक्ष गुरुङले दिए विनोद चौधरीलाई बधाई

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले  नवलपरासी क्षेत्र न. १ मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद एवम् उद्योगपति विनोद चौधरीलाई बधाई दिएका छन् ।

गुरुङले चौधरीलाई साेमबार भेटेर बधाइ दिएका हुन् । उनीहरुबीचको भेटमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र एवम् निर्वाचन क्षेत्रमा तरुण दलले खेलेको भूमिकाबारे छलफल भएको थियो ।

चौधरीले तरुणहरुले खेलेको भुमिकाले नै आफूले चुनाव जित्न सफल भएको बताउँदै चौधरीले अध्यक्ष गुरुङलगायत आफ्ना क्षेत्रका नेताहरुलाई धन्यवाद दिए । ।

युवाहरुको विभिन्न समस्याहरुको समाधानको लागि आफूले पहल गर्ने भन्दै चौधरीले अवसर पाए बिकासको खाका आफूसँग भएको र देशको मुहार फेर्न तल्लीन हुने कुरा बताए ।

 


प्रतिक्रिया

One thought on “तरुण दलका अध्यक्ष गुरुङले दिए विनोद चौधरीलाई बधाई

  1. यो पनि कुनै समाचार बन्नुपर्ने विषय हो? कि चौधरीको चाकडी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर