समानुपातिक सांसद छनौट गर्दा रवि लामिछानेको पार्टीमा विवाद – Nepal Press

समानुपातिक सांसद छनौट गर्दा रवि लामिछानेको पार्टीमा विवाद

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद छनौटको विषयलाई लिएर विवाद सृजना भएको छ ।

पार्टीले पाएको १३ सिट समानुपातिकमा नाम सिफारिस गर्दा आफ्नालाई सिफारिस गरिएको भन्दै उक्त पार्टीका कतिपय नेताले सामाजिक सञ्जालमै गुनासो गरेका छन् ।

खसआर्य पुरुषतर्फ दोस्रो नम्बरमा रहे पनि आफूलाई सांसद नबनाइएको भन्दै समानुपाकितर्फका उम्मेदवार गणेश कार्कीले विरोध जनाएका छन् । पार्टी महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले आफ्ना नजिककालाई सांसद बनाउँदा आफू सांसद हुन नपाएको उनको गुनासो छ ।

समावेशी दलित समूहको पहिलो नम्बरमा आफ्नो नाम भएर पनि आफु छनौट नभएको भन्दै कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नै विरोध जनाएकी छन् ।

रोक्कालाई छनौट नगरेर उक्त पार्टीले दलिततर्फ पहिलो र दोस्रो नम्बरमा रहेका पुरुषलाई नै छनौट गरेको छ ।

विवादकाविच पनि राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

यो पनि
रास्वपाको समानुपातिकमा नसमेटिएपछि विरोधमा उत्रिइन् कल्पना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर