नेपाल प्रेसका समाचार सम्पादक दाहालसहित भोजपुरका तीन पत्रकार पुरस्कृत – Nepal Press

नेपाल प्रेसका समाचार सम्पादक दाहालसहित भोजपुरका तीन पत्रकार पुरस्कृत

भोजपुर । नेपाल प्रेसका समाचार सम्पादक श्यामकृष्ण दाहालसहित भोजपुरका तीन पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ भोजपुरको ८औं साधारणसभाको अवसर पारेर उनीहरूलाई पुरस्कृत गरिएको हो ।

पत्रकार महासंघ भोजपुरका पूर्वअध्यक्षसमेत रहेका दाहाललाई श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएकोमा तिलकबहादुर मनमाया राई पर्यटन पत्रकारिता पुरस्कारबाट रेडियो भोजपुरमा कार्यरत कार्यक्रम प्रमुख शारदा तामाङ र लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी टिभीका संवाददाता विवेक राई पुरस्कृत भएका छन् ।

तीनवटै पुरस्कार छुट्टाछुट्टै व्यक्तिले महासंघमा राखेको अक्षय कोषको ब्याजबाट वितरण गरिएको पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले बताए ।

पत्रकार निरोज कोइराला संयोजक रहेको छनौट समितिले पुरस्कृत हुने व्यक्तिहरू छनौट गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *