सुदूरपश्चिमका २५ उम्मेदवार : जसले १०० मत पनि पाउन सकेनन् – Nepal Press

सुदूरपश्चिमका २५ उम्मेदवार : जसले १०० मत पनि पाउन सकेनन्

कैलाली । अन्य कयौँ उम्मेदवारलाई जित्ने दाबी गर्दै प्रदेश सभा निर्वाचनमा होमिएका सुदूरपश्चिम प्रदेशका २५ जना उम्मेदवारले १०० मत पनि पाउन सकेनन् । ३२ निर्वाचन क्षेत्र रहेको ९ जिल्ला मध्ये कैलालीका १७, कञ्चनपुरका ५, डडेल्धुरा, बझाङ र दार्चुलाका एक एक जना उम्मेदवारले १०० मत पाउन नसकेका हुन् ।

उनीहरुमध्ये अधिकांस पार्टीका र केही स्वतन्त्र उम्मेदवार छन् । सय मत पनि नकटाउनेमा सबै भन्दा धेरै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार छन् ।

उनीहरुमध्ये सबैभन्दा कम कैलाली १ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार रहेका चक्र बहादुर चौधरीले १३ मत पाए । २८ हजार २०६ मत सदर हुँदा चौधरीले १३ मत पाएका हुन् । कञ्चनपुर प्रतिनिधि सभा ३ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका महादेव भट्टले १५ मत पाए । २५ हजार ६९९ मत सदर हुँदा भट्टले त्यसको ०.०५ प्रतिशत मत पाएका थिए ।

कैलाली १(१) मा स्वतन्त्र उम्मेदवार छोटेलाल चौधरीले २४ मत पाएका थिए । ३३ हजार ३७२ मत सदर हुँदा उनले त्यसको ०.०७ प्रतिशत मत पाए ।

कैलाली ३(१)मा नेपाल मजदुर किसान पार्टीकी रञ्जना कुमारी सिंहले ३२ हजार ३०९ मतमा ३३ मत मात्रै प्राप्त गरिन् । उनले कुल मतको ०.१० प्रतिशत मत पाएकी हुन् । त्यस्तै, कञ्चनपुर १(१) मा नेपाल मजदुर पार्टीकी भागीरथी देवी रावल ७६ मत पाइन् ।

कञ्चनपुरकै १(२) मा नेपाल मजदुर किसान पार्टीका हर्क बहादुर क्षेत्रीले ७९ मत पाए । नेमकिपाकै कञ्चनपुर २(१)मा भरत बहादुर रावलले ८३ मत पाउँदा यही पार्टीका उम्मेदवार सुरेन्द्र दमाइले कञ्चनपुर ३(१) मा ९० मत पाए ।

कैलाली १(१) मा नेमकिपाकी बिष्णा कुमारी थापामगरले ६५ मत प्राप्त गर्दा यही क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका उम्मेदवार चन्द्र सिंह बोहराले ६६ मत प्राप्त गरेका थिए । कैलाली १(२) मा नेमकिपाका गगन बहादुर थापा मगरले ५४ मत प्राप्त गर्दा यहि क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका वीर बहादुर शाहीले ६५ मत प्राप्त गरे ।

कैलाली २(१) मा मङ्गोल नेशनल अर्गनाइजेशनका तेजबहादुर घर्तीले ७३ मत प्राप्त गर्दा २(२) मा नेमकिपाका दीपा बिष्टले ३९ मत पाइन् । यही क्षेत्रमा लोसपा नेपालका तेज प्रकाश बडायकले ३९ मत पाए भने नेकपा माओवादी समाजवादीका जङ्गबहादुर देउवाले ८० मत प्राप्त गरे ।

कैलाली ३(२) मा नेमकिपाका खगेन्द्र बहादुर शाहीले ६८ मत प्राप्त गरे भने कैलालीको ४(१) मा स्वतन्त्र उम्मेदवार भोजराज सापकोटाले ५६ मत पाए । यहाँ ५४ मत नेश्लिष्ट पिपल्स पार्टीका लाल बहादुर बोहराले पाएका थिए । यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्रेम बहादुर शाहले ६५ मत पाए ।

कैलाली ५(२) मा नेमकिपाका राम बहादुर दर्लामी मगरले ३५ मत प्राप्त गरेका थिए । डडेल्धुरा १(२) मा जसपा नेपालका नरभान पार्कीले ९०, दार्चुला (१) मा संघीय लोकतान्त्रिक मञ्च नेपालका नन्दी कामीले ८५ मत र बझाङ ं(२) मा स्वतन्त्र उम्मेदवार गणेश बहादुर भण्डारीले ५९ मत पाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर