शिक्षामा लगानीअनुसारको प्रतिफल आएन : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

शिक्षामा लगानीअनुसारको प्रतिफल आएन : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले शिक्षाको हक मौलिक हकको रुपमा व्यवस्था गरेको बताए ।

उनले भने, ‘संविधानले नै कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर प्रत्याभूत गरेको छ । समाजका सबै वर्ग र समुदायले सर्वसुलभ रुपमा आधारभूतदेखि उच्च शिक्षासम्म प्राप्त गरी आफ्नो सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो ।’

सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेको प्रधानमन्त्री देउवाले बताए ।

‘सरकारको लगानीको तुलनामा शिक्षा क्षेत्रबाट प्रतिफल अपेक्षाअनुसार आउन सकेको छैन । यो स्थितिमा सुधार गर्दै शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढी उपलब्धिमूलक र प्रतिफलमुखी बनाउनुपर्ने आवश्यकता छ। विश्वविद्यालयको शिक्षा औपचारिकमात्रै नभएर व्यवहारिक हुनुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर