निर्वाचन परिणामले दलको औचित्य सकियो, संघीयता फेल भयोः विप्लव (भिडिओ) – Nepal Press

निर्वाचन परिणामले दलको औचित्य सकियो, संघीयता फेल भयोः विप्लव (भिडिओ)

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा संघीयताको औचित्य नभएको बताएका छन् ।

अहिलेको संघीयताले नेताको मात्रै व्यवस्थापन भएकाले यस्तो सघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको उनले बताएका हुन् ।

रिपोर्टर्स क्लबले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मत परिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको जिकिर गरे ।

नेपालमा अझैसम्म जनक्रान्ति नसकिएको पार्टीको नारा के हो भन्ने पत्रकारको जिज्ञासामा नेता विप्लवले भने, ‘हामीले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण हो, यो नागरिकले नपाएको प्रस्ट छ ।’

उनले मंसिर ४ को निर्वाचनले जनतामा खुशी नल्याएको उल्टै थप संकटतर्फ धकेलेको दाबी गरे ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ३ बुँदे सहमति भएको र वर्तमान सरकारसंग पनि सहमति कार्यान्वयन गर्न विभिन्न कोणबाट छलफल भइरहेको विप्वलले जानकारी दिए ।

नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा आफ्नो जोड रहेको बताउँदै उनले नेपाललाई सिध्याउन चाहने विदेशी शक्तिहरुले त्यसका विरुद्ध अनेक तिकडम गरिरहेको तर्क गरे । पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउँदै उनले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर