पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ: मुख्यमन्त्री राई – Nepal Press

पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन् । विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो । त्यसैले एकअर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो ।’

मुख्यमन्त्री राइले हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर