राणालाई छेक्न बारका वकिल सर्वोच्च गेटमा – Nepal Press

राणालाई छेक्न बारका वकिल सर्वोच्च गेटमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरू गेटमा बसेका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् । यसलगत्तै बारको बैठक बसेको थियो ।

बारका पूर्वअध्यक्ष चन्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्र गलत भएको भन्दै उनीमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने बताएका थिए ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “राणालाई छेक्न बारका वकिल सर्वोच्च गेटमा

  1. वकिलहरू सरकारका मतियार भएको देख्दादेख्दै पनि नागरिक समाज नबाोल्नु मेरो देश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर