दार्चुला घटनामा रास्वपालाई समर्थन गर्दै सागरले भने : अब केही आशा जागेको छ – Nepal Press

दार्चुला घटनामा रास्वपालाई समर्थन गर्दै सागरले भने : अब केही आशा जागेको छ

काठमाडौं । दार्चुला घटनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणलाई सागर ढकालले समर्थन गरेका छन् ।

डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावमा प्रतिस्पर्धा गरेका ढकालले अब बोल्ने कोही भएको आशा जागेको बताएका हुन् ।

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको घटनामा उनले फेसबुकमा लेखेका छन्, ‘म केही दिन अघि दार्चुला आफै पुगेर फिल्डको अध्ययन गरेको थिएँ । रास्वपको यो विज्ञप्ति मेरो सहमति छ तर अब विज्ञप्तिभन्दा अझ एक कदम अगाडि जानुहुन अनुरोध छ ।’

उनले राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन आग्रह गरेका छन् ।

‘राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर वा संसदको पहिलो बैठकबाटै यसको बारेमा अपडेट र सूचना लिने प्रकृया सुरु गर्नुपर्दछ’ उनले भनेका छन्, ‘यो खोला फर्काएको बाँध बनाउनको लागि मात्र हो वा सधैँ यस्तै हो लगायतका अनेक प्रश्नको उत्तर सोध्नुपर्ने छ । मेरो तर्फबाट पनि काठमाडौं आइसकेपछि बुझ्नेछु। केही आशा जागेको छ अब कम्तिमा कोही त बोल्दै छ, ज्युँदै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर