लिग-२: स्क्टल्यान्डसँग ३ विकेटले हार्यो नेपाल


काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको छ ।
युनाइटेड क्रिकेट क्लब मैदान, विनडकमा नेपालले दिएको १ सय ३८ रनको लक्ष्य ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै १ सय ४३ रन बनाउँदै स्कटल्यान्डले उत्कृष्ट जित निकाल्यो ।
स्कटल्यान्डका लागि ओपनर क्रिस्टोफेर म्याकब्राइड सबैभन्दा धेरै ४३ रनको योगदान गरे ।
मिचेल लिस्कले २२ रन जोड्दा जोर्ज मुनसेले १७ रन बनाए। ब्रान्डन म्युलेन ३२ रनमा अविजित रहे ।
नेपालको बलिङमा सागर ढकाल, गुलसन झा, ललित राजवंशीले समान दुई\दुई विकेट लिँदा
दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेकाे नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ३७ रनको योगफल तयार पारेकाे थियाे।
नेपालको ब्याटिङमा सबैभन्दा धेरै गुलसन झाले २९ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए ।
ओपनर अर्जुन साउद १८ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १७ रन, आरिफ शेख १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्यान्डको बलिङमा क्रिस सोलेले सर्वाधिक ३ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिए । मार्क वाटले दुई विकेट लिए भने,ब्रानडन मुलेन, सफयान सर्फी र मिचेल लिएस्कले समान एक विकेट लिए ।
शृंङखलाकाे पहिलो खेल वर्षाका कारण नतिजाविहिन बनेपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।
चार खेलकाे शृंङखलामा नेपालले तेस्राे खेल नमिबियासँग बिहिबार खेल्नेछ ।