दीपशिखा भन्छन् : सके आफैं नेतृत्व गरौं, नसके कसैलाई काँधमा नबोकौं – Nepal Press

दीपशिखा भन्छन् : सके आफैं नेतृत्व गरौं, नसके कसैलाई काँधमा नबोकौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले अब पनि अरुलाई काँध थापेर प्रधानमन्त्री बनाउन नलाग्न नेतृत्वलाई आग्रह गरेका छन् ।

माओवादीले गठबन्धन बाहिरका दलसँग पनि सरकार गठनको बाटो खुला गर्ने निर्णय गरेपछि उनले पार्टीलाई प्रमुख प्रतिपक्षी भएर बस्न आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘पहिलो पार्टीको हैसियतमा नेपाली कांग्रेस, दोस्रोको हैसियतमा एमालेले सरकारका लागि विश्वासको मत लेओस् र सरकार बनाओस् । यो उनीहरुको अधिकार पनि हो ।’

एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने परिस्थिति नभएमात्रै माओवादीले सरकार गठनको पहल गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘उनीहरुले नबनाए हाम्रो नेतृत्वमा सरकार बनाऔं । इच्छाशक्ति हुँदा दुई वर्षभित्र प्रत्याभूति हुने गरी काम गरौं । नत्र कसैलाई काँधमा बोकेर प्रधानमन्त्री नबनाऔं । प्रमुख प्रतिपक्षी भएर बसौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *