रास्वपा मकवानपुरमा विवाद : सभापतिमाथि कारबाहीको माग गर्दै ४७ जनाले दिए सामूहिक उजुरी – Nepal Press

रास्वपा मकवानपुरमा विवाद : सभापतिमाथि कारबाहीको माग गर्दै ४७ जनाले दिए सामूहिक उजुरी

हेटौँडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति राजकुमार न्यौपानेमाथि चुनावमा कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको नेता-कार्यकर्ताले आरोप लगाएका छन् ।

सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर- १ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वको टोलीले हस्ताक्षर अभियान चलाएको खुलेको छ । पार्टीका ४७ जना नेता-कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाइएको छ ।

न्यौपानेले स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका वागमती प्रदेश सभापति एवम् क्षेत्र नम्बर २ ‘२’ का उम्मेदवार इन्द्रबहादुर बानियाँको घरमा गएर विभिन्न प्रलोभनमा पारेको पत्रमा उल्लेख छ । सेटिङबारे आफूहरूसँग प्रमाण रहेको र प्रमाणसहित केन्द्रीय समितिमा इमेल गरिएको सुरेशको दाबी छ ।

न्यौपानेले अन्य पार्टीको उम्मेदवारको घरमा नै पुगेर आफूहरूको समानुपातिक उम्मेदवारलाई चुनावको तीन दिनअघि भेटाउँदा क्षेत्र नम्बर २ मा प्रत्यक्ष उठेका भरत पराजुली पराजित भएको सुरेशको भनाइ छ ।

केन्द्रीय कार्यालयमा पठाएको पत्रमा जिल्ला सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने चेतावनी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर