विनु यादवका आरोपी प्रदीप कठायतको बकपत्र (भिडिओ) – Nepal Press

विनु यादवका आरोपी प्रदीप कठायतको बकपत्र (भिडिओ)

काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रंग छर्किएर पुनः चर्चामा आएकी विनु यादवले रामेछाप मन्थलीका प्रदीप कठायत र उनको परिवारले आफूमाथि घरेलु हिंसा र दुर्व्यवहार गरेको भन्दै न्यायको लागि सडकबाट दबाब दिइरहेकी छन् । उनले न्यायाधीश समेत बिकेर आफूलाई मुद्दा हराएको भन्दै सर्वोच्च अगाडि प्रदर्शन गरेकी हुन् ।

विनु यादवले नेपाल प्रेसमार्फत नै सबैभन्दा पहिले आफूमाथि भएको हिंसाको बारेमा बयान दिएकी थिइन् । त्यसयता उनी निरन्तर आन्दोलनमा छिन् । हरेक घटनाको अर्को पाटो पनि हुन्छ नै । विनु यादवले आरोप लगाएका उनका पूर्व पति (अदालतबाट सम्बन्ध विच्छेद भएकाले) प्रदीप कठायत के भन्छन् त ? उनको पनि भनाइलाई स्थान दिनु पत्रकारिताको धर्म भएकाले पत्रकार आचारसंहिता बमोजिम उनको भनाइ जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।

०७५ सालतिर सामाजिक काममा साथीहरूसँग थिएँ । त्यस वेला ब्लड क्यान्सर भएका स–साना बच्चाहरुलाई हामीले सहयोग गरिरहेका थियौँ । त्यही कामको दौरान मेरो विनु यादवसँग भेट भएको हो । उसले मलाई फोनमा म्यासेज गरेकी थिई ।

उसले म्यासेजमा आफू कोहीबाट समस्यामा परेको, पहिला रिलेसनमा बसेको र पछि इगनोर गरिरहेकाले सहयोग गरिदिन बताएकी थिई । मैले केटाको नाम सोधेँ, तर उसले भनिन । नाम खुलाउनुपर्दैन, सहयोग गर्नुहुन्छ कि हुँदैन भनेर भनी ।

एक चरणमा ऊसँग कुराकानी भएपछि बीचमा ग्याप भयो । भदौमा हाम्रो पहिलो कुराकानी भएको थियो । त्यसपछि एकै पटक उसले मलाई लक्ष्मी पूजाको दिन फोन गरी । साथीहरूसँग सोलुमा देउसी खेल्न गएको बेला फोन गरेकी थिई ।

पुरानो ब्याइफ्रेण्डको झल्को मेटिन्छ

त्यस वेलासम्म मलाई उसको परिवारबारे केही थाहा थिएन । उसले फोनमा भनी, ‘मलाई तपाईँसँग कुरा गर्दा पुरानो ब्वाइफ्रेण्डको झल्को मेटिन्छ ।’ सँगै उसले आफू ब्रेन ट्युमरको बिरामी भएको र डक्टरले मर्ने डेट दिइसकेको पनि बताई । सिलगुडीको डक्टर चाङ अस्पतालबाट औषधि सेवन गरिरहेको पनि बताई । उसको कुराले सहानुभूति पनि पलायो । उसको दुःखलाग्दो कुराले मलाई नजिक पनि बनाउँदै लगेको थियो । सँगै उसले मसँग कुरा गर्दा रिलिफ महसुस हुने पनि बताइरहेकी थिई ।

पछि काठमाडौं आएपछि भेट्ने कुरा गरी । उसको एनसेलको नम्बर मात्रै थियो । म रामेछापमा अंकल र बुवाको व्यापारमा व्यस्त हुन्थेँ । मैले फोनहरू नउठाउँदा उसले अलि बढी नै तनाव लिएको जस्तो व्यवहार देखाउँथी । मलाई नै केयरिङ गरेजस्तो गर्थी ।

काठमाडौं आएपछि मंसिर महिनामा उसले भेट्ने कुरा गरी । भक्तपुरको सिद्ध पोखरीमा भेट्ने कुरा भयो । म यामाहाको स्कुटर लिएर गएँ । त्यस वेला दिउँसोको चार बजिसकेको थियो । सिद्ध पोखरीमा भेटेपछि उसले सीधै नगरकोट जाम भनी । म नगरकोट गएकै थिएन । मेरो स्कुटर उकालोमा तान्ने खालको पनि थिएन ।

उसले जाम भनेपछि हामी गयौँ । हामी नगरकोटमा क्याफे टाइपकोमा बस्यौँ । उसले हुक्का मगाई । म त केही पनि खाँदिनँ थिए । माछा मासु पनि खाँदिनँ । मेरो घर कृष्ण प्रणामी भएकाले बाहिर खान पनि असहज हुने गर्छ मलाई ।

उसले म्यासेजमा आफू कोहीबाट समस्यामा परेको, पहिला रिलेसनमा बसेको र पछि इगनोर गरिरहेकाले सहयोग गरिदिन बताएकी थिई । मैले केटाको नाम सोधेँ, तर उसले भनिन । नाम खुलाउनुपर्दैन, सहयोग गर्नुहुन्छ कि हुँदैन भनेर भनी ।

साँझको ६ बजे ऊले बियर खाने भनी । बियर खाएपछि यतै बसौँ भनी । यता मेरी बहिनी थिइन् । जहिल्यै साँझमा बुवा वा ममी वा हजुरबाले कल गर्नुहुन्थ्यो । त्यसैले त्यहीँ बस्नु मिल्दैन थियो । तर, उसले भनी, ‘साथीको बस्छु भनेर भन्नु न । केटा मान्छे भएर त्यति झुट बोल्न पनि नसक्ने?’

मैले उसले भने जसरी नै बहिनीलाई भनेँ । बहिनीले बुवालाई भनिदिई । मभन्दा पाँच छ वर्ष जेठी भएकीले पनि उसले भने अनुसार नै भनेको थिएँ ।

ऊ टोटल्ली ड्रंक भइसकेकी थिई । त्यही वेला भनी, ‘फिजिकल भएको छ कि छैन ?’ मैले छैन भनेँ । उसले भनी, ‘म हेल्थ पर्सन हो । अचेलको जमानामा पनि त्यस्तो भएको छैन त ? म सहजीकरण गरिदिन सक्छु ।’

उसको कुराले एक छिन त सक्ड भएँ । उसले फिजिकलका लागि एप्रोच गरी । उसले नै सुरक्षित साधन पनि लिएर आएकी रहिछ । हामीबीच रिलेसन भयो । बिहान फर्किँदा एकदमै अड फिल भयो । ऊ यसै पनि मभन्दा ६ वर्षले जेठी मान्छे । बिहान कम्फरटेबल भएर बोल्नै सकिनँ ।

एक हप्तापछि ब्ल्याकमेलिङ

यसपछि हामी छुट्यौँ । फेरि कुराकानी हुन छाड्यो । एक हप्तापछि ऊले नै म्यासेज गरी, कहाँ भेट्ने भनेर । मैले फेरि त्यस्तो कुरामा इन्भल्भ हुनै चाहन्नँ भन्दा उसले अघिल्लो रिलेसनमा भएको केटाको नाम लिई । त्यो नाम सुन्दा म सक्ड भएँ । म नाम सुनेपछि जुन अवस्थामा पुगेँ, त्यो भन्न पनि सक्दिनँ । उसले लिएको नाम मेरो एकदमै नजिकको आफन्तको थियो ।

यो पनि पढ्नुहोस् :- …त्यसपछि मैले इजलासमै विष खाइदिएँ (भिडिओसहित)

यसपछि त मैले झनै भेट्न चाहने कुरै भएन । तर, उसले तेरो म्युचुअल फ्रेन्डहरुलाई भनिदिन्छु भनेर ब्ल्याकमेलिङ गर्न थाली । मेरो परिवारलाई सबै भनिदिने भनेर धम्की दिई । फेरि इमोसनल कुरा गरी, वैशाखमा डक्टरले डेट दिएको छ भनेर ।

माघतिर शिवरात्रिको वेला थियो । हामीबीचमा १५ दिन जति कुरा हुँदैन थियो । तर, उसले भावनात्मक म्यासेज लेखेर पठाई ।टाउको दुखिरहेको छ भनेर भनी । त्यसपछि फेरि कल गर्थेँ । त्यो शिवरात्रिलाई उसले आफ्नो अन्तिम शिवरात्रि भनेर पशुपतिमा बोलाई । ऊ र मैले चिन्ने साथीहरू थुप्रो थिए । उसले मेरो ब्वाइफ्रेण्ड चिनाउँछु भनेर पनि भनेकी थिई । मेरै उमेरको केटा लिएर पनि आएकी थिई । त्यसपछि हामी छुट्यौँ । बोलचाल पनि भएन ।

चैतमा मेरो जाँच सकेर म मन्थली गएँ । चैत १५ गते उसको फोन आयो, म प्रेगनेन्ट छु भनी । ऊ नै सधैँ सेफ्टी युज गर्थी । तर, औषधि खाएको छु पनि भनी ।

फेरि अचानक उसले बिरामी भएर अस्पतालमा छु, आऊ भनी । टाउकोमा समस्या भएकाले न्युरोमा सिटीस्क्यान तीन तीन महिनामा गर्छु भनेकी थिई । तर, त्यो झुट थिए छ । उसले अस्पतालमा छु भनेपछि काठमाडौं आएँ । प्रसूतिमा लगिएको रहेछ । उसले भनी, ‘मलाई एक्टोपी प्रेगनेन्सी देखिएको छ, तिमीलाई समस्यामा बनाउँदिनँ । यो ठीक नभएसम्म सहयोग गरिदेऊ ।’

साँझको ६ बजे ऊले बियर खाने भनी । बियर खाएपछि यतै बसौँ भनी । यता मेरी बहिनी थिइन् । जहिल्यै साँझमा बुवा वा ममी वा हजुरबाले कल गर्नुहुन्थ्यो । त्यसैले त्यहीँ बस्नु मिल्दैन थियो । तर, उसले भनी, ‘साथीको बस्छु भनेर भन्नु न । केटा मान्छे भएर त्यति झुट बोल्न पनि नसक्ने?’
अस्पतालबाट ऊ डिस्चार्ज भई । मेरो साथी र उसको गाउँकै साथी मिलेर एयरपोर्टको होटेलमा आयौँ । ऊलाई साथीहरूसँग त्यहाँ छाडेर म घर आएँ ।

तर, उसले मिडियामा रेप गर्‍यो, टाँका खुस्किएको छ भनेर भनी । उसले नै अस्तिसम्म मलाई सात जुनीसम्म छाड्न सक्दिनँ भनेर म्यासेज पठाएकी थिई । उसले भने अनुसार चौथो दिन मैले कुनै अस्पताल लगेको छैन । यदि रेप गरेर टाँका खुस्किएको भए त अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ नि !

एयरपोर्ट होटेलबाट ऊ ममीकोमा जान्छु भनेर गएकी थिई । त्यस वेला उसले मलाई घरमै छु भनेर भनेकी थिई । यसपछि उसले विवाह गर्नुपर्छ भनी । ‘अस्पतालमा श्रीमान् भनेर साइन गरेको छ, तँलाई छाड्दिनँ ।मन्थलीमा गएर देवकोटा चोकमा गएर बईजत गर्छु’ भन्ने खालमा म्यासेज आएको आयै गरे ।

त्यसपछि त घरमा ममीलाई, आन्टीलाई म्यासेज पठाएको पठायै गर्न थालिन् । सबै परिवारको नम्बर लिएर सबैलाई तनाव दिइरही । त्यसपछि मैले सबै घटनाबारे परिवारलाई भनेँ ।

एक पटक पाइलटबाबा घुम्न जाँदा मैले मेरो अंकलको घर यो हो भनेर देखाएको थिएँ । ऊ अंकलको घरमा मेटाइसिट लिएर आइछिन् । बहिनीलाई तर्साइछिन् । अनि मेरो नागरिकताको फोटोकपी लिएर गइछिन् ।

यो पनि पढ्नुहाेस्:- सेता लुगामा आएकी युवतीले जब सर्वोच्चको गेटमा रातो रंग फ्याकिन् (भिडिओसहित)

कहिले कुन पुलिस स्टेसनबाट फोन आउने, कहिले कुन स्टेसनबाट । म उत्तर दिन सक्ने अवस्थामै थिइनँ । यसलाई परिवार बसेर सहजीकरण गर्ने भनेर मेरो परिवारले उसको परिवारसँग कुराकानी गर्‍यो । मंसिर २५ गते हाम्रो विवाह भयो । विवाहमा ऊको ममी, बहिनी र दुईचार जना साथीहरू आएकी थिई । यताबाट मेरो परिवार हुनुहुन्थ्यो ।

विवाहमा भेटेको मेरो मामालाई बन्दुक देखायो भनेर आरोप लगाएकी छ । मामालाई उसले पहिलो पटक विवाह मण्डपमै देखेकी हो । उसले अहिले को मान्छेलाई कसरी चलाउँदा भाइरल होइन्छ भनेर मात्रै सोचेकी छे । विवाहमा चिनेको मामालाई हतियार बनाइरहेकी छे ।

सम्बन्ध विच्छेद र सम्पत्ति

म बीबीए सकाएर परिवारको व्यवसायमा सक्रिय थिएँ । हाम्रो होटेल थियो । विवाहपछि ऊ होटेलको काउन्टरमा बस्थी । तर, ऊ भन्थी, ‘म हेल्थ पर्सन हो, तेरो काउण्टर ढुकेर बस्छु ? बुटवलमा डाक्टरले जागिरका लागि बोलाएको छ ।’

ऊ टोटल्ली ड्रंक भइसकेकी थिई । त्यही वेला भनी, ‘फिजिकल भएको छ कि छैन ?’ मैले छैन भनेँ । उसले भनी, ‘म हेल्थ पर्सन हो । अचेलको जमानामा पनि त्यस्तो भएको छैन त ? म सहजीकरण गरिदिन सक्छु ।’

उसको कुराले एक छिन त सक्ड भएँ ।

त्यसरी जाने हो भने पनि जाँदा हुन्छ नि त भनेर समेत भनेको थिएँ । तर, घरी चाडपर्वमा घुमाएन भनेको छ, दिनदिनै झगडा गरेको छ । बिरामी छु भनेर सुत्थी । श्रीमती हो भनेर माछा मासु लगिदिन्थेँ आफूले नखाए पनि । सानो विषयमा हुने गरेको झगडा नै सम्बन्ध विच्छेदसम्म पुग्थ्यो । ऊ भन्थी, ‘तँ जा, तैँले गर्ने हो सम्बन्ध विच्छेद ।मैले गर्दा सम्पत्ति आउँदैन ।’ उसको ध्यान नै सम्पत्तिभन्दा बाहिर हुँदैन थियो ।

उसले भनेकी थिई, ‘लल ठीक छ, मेरो जिन्दगी चल्ने पैसा दे । कि काठमाडौंमा एक तले घर दे कि दुई करोड पैसा दे । त्यसपछि जान्छु म ।’

मैले उसको कुरालाई त्यति गम्भीर रूपमा लिइनँ । भर्खरै विवाह गरेको श्रीमती । रिसको झोँकमा भनेकी होली भनेर सोच्थेँ ।

मेरो परिवारले उसलाई बन्दी बनाएको आरोप लगाएकी छ । बन्दी बनाइएको भए उसले अनेक फोटोहरू लिएकी छे, त्यो कसरी सम्भव भयो ? ऊ आमा, साथीभाइसँग कुराकानी गरिरहन्थी । उसले जापानमा बस्ने एक जना केटासँग कुरा गर्दी रहिछे । एक दिन जापानको केटा आफूसँग बोलिरहेको र त्यो केटालाई पैसा पठाइ मागेर खाऊँ भनी । मैले झपारेको थिएँ उसलाई, त्यस्तो काम अपराध हो भनेर ।

मेरो हजुरबा, आन्टीहरूले प्लास्टिकले हात बाँधेर जबरजस्ती गर्भपतनको पिल्स खुवाएको आरोप लगाएकी छे । मेरो हजुरबा पारी बस्नुहुन्छ, होटेलबाट झण्डै दुई किलोमिटर टाढा ।शारीरिक रूपमा अशक्त पनि हुनुहुन्छ । तर, ऊ प्रेगनेन्ट भएकै छैन । प्रेगनेन्ट भएकोबारे त मेरो परिवारलाईभन्दा मलाई पहिला थाहा हुन्छ नि ! म सेल्समा जाँदा धेरै टाढा जाँदिनँ थिएँ । बिहान १० बजेतिर गएर साँझ ४ बजे आइहाल्थेँ ।

उसलाई औषधि खुवाइएकै छैन । झनै नाक थुनेर खुवाइएको भनेकी छे । त्यस्तो क्रूर कोही हुन्छ र ?

डक्टर केशव धामीले ओभर डोज स्लिपिङ ट्याबलेट दिएको आरोप लगाएकी छे । कुनै बिरामी डक्टरकहाँ जाँदा समस्या भनिन्छ । त्यसपछि डाक्टरले चेक गर्ने हो । मैले अस्पताल लिएर जाँदा ऊ फेन्ट भएकी थिई । त्यसको कारण दुई तीन दिनदेखि झगडा परिरहेको थियो । ऊलाई चाहिने रक्सी र चुरोट पुर्‍याउन सकिनँ । ऊ पसलबाट आफैँ झिकेर नखाने, मैले लगेर कोठाको घर्रामा राखिदिनुपर्ने हुन्थ्यो ।

दिउँसो ऊ फेन्ट भएपछि तामाकोसी अस्पताल लग्यौँ । तर, उसलाई ओभर डोज औषधि दिन सम्भव नै हुँदैन । ऊ आफैँ मेडिकल पर्सन हो, उसलाई डबल डोज कि सिंगल डोज भनेर पनि थाहा हुँदैन र ? औषधि चिन्न सक्ने मान्छे हो । बेहोस भएर औषधि हेर्न नसक्ने भएको भए अर्को कुरा, तर सलाइनपानी मात्रै दिइएको मान्छेले औषधि नै नचिन्ने भन्ने हुँदैन ।

एकपछि अर्को सबैलाई आरोप

अनि उसलाई होटेलमा नोकर जसरी थुनेर राखेको, होटेलमा खाना आएको डिएसपीलाई मेरो मोबाइलबाट उद्धारका लागि म्यासेज पठाएको र डिएसपीले उल्टै मेरो परिवारलाई त्यो म्यासेज देखाएर कुटपिट गरेको भनेकी छन् । हाम्रो होटल खुल्ला ठाउँमा छ । बन्दी बनाएर राख्ने अवस्थै छैन । घरमा काम गर्ने गुरु जीहरू हुनुहुन्छ, होटेलमा काम गर्ने बहिनीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि सबै थाहा छ । उसले सबै झुटो उल्लेख गरेकी छन् ।

मेरो अंकलले यौन दुर्व्यवहार गरेको कुरा अहिले आइरहेको छ । मेरो आफन्तलाई जोडिरहेकी छन् । जिल्ला अदालतले फैसला पनि गरेको छ । बाँकी सम्बन्ध विच्छेदको न्यायिक लडाइँमा हामी छँदैछौं । तर, यस वेला अंकललाई टार्गेट गरेपछि बार्गेनिङमा आउँछन् भनेर होला ।

उसले विवाह गराएको पनि बलात्कारको हदम्याद कटाउनका लागि भनेर भनिरहेकी छे । परिवारको सगोलमा भएको सम्पत्ति सबै काकाको नाममा नामसारी गरेर उसलाई अन्यायमा पारिएको पनि बताएकी छे । उसलाई सम्पत्तिको आवश्यकता हो । मुख्य कुरा पैसा चाहिएको हो । ऊ आफैँ मालपोत कार्यालय गएर सम्पत्ति कति छ भनेर बुझेकी पनि थिई ।

त्यो शिवरात्रिलाई उसले आफ्नो अन्तिम शिवरात्रि भनेर पशुपतिमा बोलाई । ऊ र मैले चिन्ने साथीहरू थुप्रो थिए ।  उसले मेरो ब्वाइफ्रेण्ड चिनाउँछु भनेर पनि भनेकी थिई ।मेरै उमेरको केटा लिएर पनि आएकी थिई । त्यसपछि हामी छुट्यौँ । बोलचाल पनि भएन ।

आज अंकलको सम्पत्ति होला । त्यसमा आँखा लगाएर के हुन्छ र ? त्यतिकै आँखा लगाएर हुँदैन नि । हामी पहिलादेखि नै छुट्टै बसेका थियौँ । हामी छुट्टाछुट्टै खर्च गर्छौँ । हाम्रो परिवारमा सगोलको व्यवहार नै थिएन । अहिले उसलाई सम्पत्ति चाहियो भनेपछि यस्तो कुरा बोलेर हुन्छ र ?

विवाह दर्ता पनि घरमा कागज ल्याएर गराइएको आरोप लगाएकी छ । डाक्टरलाई आरोप, सिडिओ सापलाई आरोप, डिएसपीलाई आरोप, वडामा आरोप लगाएकी छ । लकडाउनको समयमा बकाइदा फर्म भरेर विवाह दर्ता गराउँदा समस्या हुन्छ र ? अहिले त घुम्ती, टोल सेवा सुविधा राज्यले दिएको छ । सकभर अनलाइनबाट सजिलो माध्यम बनाइरहेको छ । विवाह दर्ता गराउनुपर्ने थियो, त्यो दर्ता गराउँदा पनि उसलाई समस्या छ ।

अदालतले फैसला गर्दा केही पनि दिएन, अंशको हक प्राप्त गरेन भनेकी छ । मैले डिभोर्सको मुद्दा हालेपछि उसले माना चामलको मुद्दा हालेकी थिई । त्यो पनि महिनाको ६० हजार भरण पोषण उपलब्ध गराई पाउँ भनेर । तर, ६० हजार सानो अमाउन्ट होइन । अदालतले उसलाई र मलाई मर्का नपर्ने गरी महिनाको नौ हजार दिने फैसला गरिदियो । मेरो आम्दानीको स्रोत छैन । अदालतले उसकै पक्षमा नौ हजारको फैसला सुनाइदियो । तर, यो कुरालाई उसले गुपचुप पारेकी छ ।

१० हजार पठाइदे भन्दै म्यासेज आउँछ

मैले दुई तीन पटक पैसा लगाइदिएको पनि छु । अहिले मिडियामा त्यसरी हंगामा मच्याइरहेकी छ, अनि उसैले १० हजार पठाइदे इमरजेन्सी पर्‍यो भनेर म्यासेज पठाइरहेकी छे । बलात्कारमा जेल कोच्छु पनि भनिरहेकी छे, पैसा पठाइदे पनि भनिरहेकी छे । अदालतले अंशका लागि जुन जायजेथा मैले बुवाबाट पाउँछु, त्यसको एक हिस्सा दिनु भनेर फैसला गरेको छ ।

मैले उसको सर्टिफिकेट कब्जा गरेको छ भनेर भनेको छ । उसको डकुमेन्टको नाममा एउटा पुरानो आइडीकार्ड बाहेक केही छैन । मान्छे नै साथमा छैन भने उसको डकुमेन्ट सिरानी हालेर बस्ने कुरा भएन । बरु मलाई अहिले बाहिर हिँड्नलाई समस्या बनाएको छ । एन्जाइटीको औषधि खान बाध्य बनाएको छ ।

उसले अदालतमा मिडियामा विष पिएको बताएको छ । इजलासमै विष पिएको पनि होइन । अदालतमा फैसला आएपछि ‘मेरो फैसला के भयो म्याम’ भनेर उसले सोध्दा यस्तो यस्तो भयो भनेर त्यहाँको कर्मचारीले भनेपछि भुईँमा खुत्रुक्क बसेकी थिई । म छेउमै थिएँ । हामीले उसलाई लगेर सिटमा राख्यौँ । उसलाई अस्पतालमा लग्यौँ ।

उसले विवाह गराएको पनि बलात्कारको हदम्याद कटाउनका लागि भनेर भनिरहेकी छे । परिवारको सगोलमा भएको सम्पत्ति सबै काकाको नाममा नामसारी गरेर उसलाई अन्यायमा पारिएको पनि बताएकी छे । उसलाई सम्पत्तिको आवश्यकता हो । मुख्य कुरा पैसा चाहिएको हो । ऊ आफैँ मालपोत कार्यालय गएर सम्पत्ति कति छ भनेर बुझेकी पनि थिई ।

त्यहाँ पाँच सात मिनेटपछि विषय खाएको भन्ने थाहा थिएन ।अस्पतालमा महिला प्रहरीले उसको ब्यागबाट मेटाइसिटको गन्ध आइरहेकाले ब्याग खोल्नुभयो । त्यहाँ बिर्को मात्रै खोलिएको मोटाइसिटको बट्टा थियो । तर, भरि नै थियो ।

त्यसपछि प्रहरीले बट्टालाई त्यहीँ टेबलमा राखेर फोनमा कुरा गर्न थाल्नुभयो । म पनि बाहिर निस्किएको थिएँ । उसले अचानक पुलिसको आँखा छलेर मोटाइसिटको बोतल बोकेर ट्वाइलेट गएर अलिकति खाइछिन् । तर, अदालतमा खाएको होइन । त्यहाँ खाएको भए सिसिटिभी छ, अदालतका कर्मचारी छ ।

तर, उसले नियतवश म र मेरो परिवारलाई खुइलाउने प्रयास गरिरहेकी छ । मिडियामा अनेक लाञ्छना लगाइरहेकी छ । यसले मलाई मात्रै होइन, मेरो परिवारलाई नै समस्यामा पारिरहेको छ । यदि म अपराधी भए उच्च अदालतमा मुद्दा हालेकी छे, त्यहाँबाट फैसला होला नि । तर, मिडियामा जति लाञ्छना लगाइयो, त्यसको क्षतिपूर्ति त उसले दिन सक्दिनँ होला नि ।

महिलाले आरोप लगाउने बित्तिकै पीडित हुने हो र पुरुषले केही नगरे पनि पीडक बन्ने कस्तो विधान हो यो ?


प्रतिक्रिया

One thought on “विनु यादवका आरोपी प्रदीप कठायतको बकपत्र (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर