निर्माण सामाग्रीमा लाग्दै आएको नगद मार्जिन हट्यो, सुरुमै बैंकमा भुक्तानी गर्नु नपर्ने – Nepal Press

निर्माण सामाग्रीमा लाग्दै आएको नगद मार्जिन हट्यो, सुरुमै बैंकमा भुक्तानी गर्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण सामाग्रीमा लाग्दै आएको शतप्रतिशत मार्जिन हटाएको छ । निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुलाई मार्जिन लाग्ने सूचीबाट हटाइएको जानकारी केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुका आयातकर्ताले अब सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्दैन । यस्तै, सर्जिकल उपकरण र सार्वजनिक खरीद कानून लागू हुने निकायहरुले बोलपत्र आह्वान गरी खरीद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धि सार्वजनिक निकायलाई आपूर्ति गर्ने प्रयोजनका लागि गर्ने आयातमा पनि मार्जिन आवश्यक नपर्ने भएको छ ।

बैंकहरुलाई सामान भित्र्याएर बिक्री भएपछि भुक्तानी गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर