भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ? – Nepal Press

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको हो । डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो ।

नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले मूल्य पेट्रोलिय पदार्थमा मूल्य घटेर आएको बताए । उनले भने, ‘पेट्रोल प्रतिलिटर २.३८ रुपैयाँ, डिजेल ११.२६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र मटिट्तेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । ग्यासको प्रतिसिलिन्डर ४४ रुपैयाँ मूल्य वृद्धि भएर आएको हो ।’

अबको १५ दिनमा निगमलाई नाफा ५३ करोड नाफा हुने छ । भारतबाट इन्धन ल्याएको पुरानो पैसा र सरकारसँग लिएको ऋणको कारण अहिले तत्कालै पेट्रोलिय पदार्थको मूल्य घट्न सक्ने अवस्था नरहेको उपाध्ययाले नेपाल प्रेसलाई बताए ।

अब निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहको छ । भने, ग्यास प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ घाटा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर