माओवादी केन्द्रका अध्यक्ष र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता – Nepal Press

माओवादी केन्द्रका अध्यक्ष र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काबीच भेटवार्ता भएका छ ।

माओवादी अध्यक्ष प्रचण्ड भेट्न उपसभापति खड्का बिहीबार खुमलटार पुगेका थिए । भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको उपसभापति खड्का सचिवालयले जनाएको छ । प्रचण्ड गोरखा २ र खड्का सुर्खेत १ बाट प्रनितिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

दुई नेताबीचको भेटमा चुनावी समिक्षा हुनुका साथै आगामी बन्ने नयाँ सरकारको विषयमा पनि छलफल भएको छ । उपसभापति खड्का प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र मध्येका एक हुन् । त्यसैले सरकार गठनको बिषयमा प्रचण्ड र खड्को भेटलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । उपसभापति खड्काले बुधबार मात्रै प्रधानमन्त्री देउवालाई भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर