कतार विश्वकपमा सबैभन्दा बढी खेल हेरेर विश्व कीर्तिमान बनाउन कारमा दौडिरहेका बुक्साइसा – Nepal Press

कतार विश्वकपमा सबैभन्दा बढी खेल हेरेर विश्व कीर्तिमान बनाउन कारमा दौडिरहेका बुक्साइसा

दोहा। कतार विश्वकपमा मोहसिन अब्दुल्ला बुक्साइसालाई भ्याई नभ्याई छ। उनका लागि विश्वकपका खेल भइरहेका ८ वटा रंगशालाको दौडधुप दैनिकी जस्तै बनेको छ।

कतारी नागरिका बुक्साइसा कुनै एक विश्वकपमा रंगशाला पुगेर सर्वाधिक खेल हेर्ने विश्व कीर्तिमान बनाउन लागि परेका छन्। यसअघि यस्तो कीर्तिमान ३१ खेलको छ। थुलानी कोबोले सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपका ३१ खेल रंगशालामै पुगेर हेर्दै विश्व कीर्तिमान बनाएका थिए।

बुक्साइसाले कतार विश्वकपका ६४ खेलमध्ये ४२ खेलको टिकट लिएका छन्। उनलाई थाहा छ, टिकट लिएका सबै खेल हेर्न गाह्रो छ। उनी कम्तिमा पनि ३२ खेल हेरेर नयाँ विश्व कीर्तिमान बनाउने प्रयाशमा छन्।

गल्फ टाइम्स डटकमका अनुसार कतारको पब्लिक वर्क्स अथोरिटीमा कार्यरत बुक्साइसा आफ्नो कारमा चढेर रंगशालाको दौडधुप गरिरहेका छन्। ‘ मेरो योजना ३२ वा सोभन्दा बढी खेल हेर्ने हो’, उनले भनेका छन्, ‘ यो कीर्तिमान कतारका लागि हुने छ। तोडिन गाह्रो हुने नयाँ कीर्तिमान बनाएर म मेरो देशका लागि थप योगदान गर्न चाहन्छु।’

बुक्साइसाले हेरेका खेलमा फोटो र भिडियो पनि लिने गरेका छन् जसले उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा सजिलो हुने छ। बुक्साइसाले कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएदेखि नै आफुलाई उक्त विचार आएको बताएका छन्। उनले भविस्यमा विश्वकप इतिहासमै सबैभन्दा बढी खेल हेर्ने कीर्तिमान बनाउने योजना पन रहेको सुनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर