समानुपातिकमा एमाले निरन्तर अगाडि, नेकपा एस जनमतभन्दा अझै २३ हजार मतले पछाडि – Nepal Press

समानुपातिकमा एमाले निरन्तर अगाडि, नेकपा एस जनमतभन्दा अझै २३ हजार मतले पछाडि

काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता कायम गरेको छ । सुरुदेखि नै समानुपातिकमा अगाडि रहेको एमालेले हालसम्म २५ लाख ६३ हजार ६२८ मतसति अग्रस्थानमा छ ।

त्यस्तै, नेपाली कांग्रेसले २४ लाख ३१ हजार २०४ मत पाएको छ । एमाले कांग्रेसभन्दा एक लाख ३२ हजार ४२४ मतले अघि छ ।

त्यस्तै, तेस्रोमा स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ८७ हजार २७९ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ६८ हजार ५७८ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४८ लाख ६३५ मत प्राप्त गर्दा जसपाले तीन लाख ४२ हजार ३२९ मत ल्याएको छ ।

जनमत पार्टीले दुइृ लाख ८४ हजार ८६८ मत ल्याएर थ्रेसहोल्ड कटाउँदा नेकपा एकीकृत समाजवादीले दुई लाख ६९ हलार ९२९ मत ल्याउन सफल भएको छ । नेकपा एस जनमत पार्टीभन्दा करिब २३ हजार मतले पछाडि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर