उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन – Nepal Press

उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ को मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।

आयोगले गणनापूर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुनः मतदानको माग गरेपछि लफडा भएको थियो ।

प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।

उदयपुर-१ मा नेपाली कांग्रेसकाे तर्फबाट नारायण खड्का र एमालेकाे तर्फबाट मञ्जु कुमारी चौधरी प्रतिस्पर्धामा छन् । खड्काले २१ हजार ८३३ मतका साथ अग्रता बनाइरहेका छन् भने, चौधरीले २० हजार १२० मत पाएकी छन् ।

गणनाका क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ ९२० प्रदेशसभाको एक सयभन्दा बढी मतपत्र भेटिँदा गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि खोलिएको १० वटा मतपेटिकामा प्रदेशसभाको मतपत्र भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर