विश्वकपमा साविक उपविजेता क्रोएसियाको पहिलो जित, क्यानाडा बाहिरियो – Nepal Press

विश्वकपमा साविक उपविजेता क्रोएसियाको पहिलो जित, क्यानाडा बाहिरियो

काठमाडौं । एन्ड्रेज क्रामारिचको दुई गोल प्रेरित क्यानाडालाई ४–१ गोलको नतिजामा पराजित गर्दै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ मा पहिलो जित निकालेको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको दोस्रो मिनेटमै अलफोन्सो डेभिसको गोलमा क्यानाडाले अग्रता लिएको थियो ।

अग्रता बचाउन नसक्दा खेलको ३६औं मिनेटमा क्रोएसियाका क्रामारिचले बराबरी गोल फर्काएका थिए ।

मार्को लिभाजाले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै क्रोएसियालाई २–१ को स्थितिमा ल्याएका थिए ।

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको क्रोएसियाका क्रामारिचले खेलको ७०औं मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको इन्जुरी समयमा सब्सिट्युट खेलाडी लोभ्रो माजेरले गोल गर्दै क्रोएसियाको जित ४–० ले सुनिश्चित गरेका थिए । उनी खेलको ८६औं मिनेटमा माटेओ कोभासिसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

समूह चरणको पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियालाई समूह चरण पार गर्ने सम्भावना बचाईराख्न आजको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै तालिकामा दुई खेलबाट चार अंकसहित क्रोयसिया तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

पराजित क्यानाडा एक खेल अगावै बाहिरिएको छ । क्रोएसियाले समूह चरणको अन्तिम खेलमा बिहिबार बेल्जियमको सामना गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर