धनुषा ४- कांग्रेस सहमहामन्त्री र एमाले सचिवको मतान्तर एक हजार – Nepal Press

धनुषा ४- कांग्रेस सहमहामन्त्री र एमाले सचिवको मतान्तर एक हजार

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच  प्रतिस्पर्धा भइरहेको छ ।

खसेको करिब ८० हजार मतमध्ये लगभग ५५ हजार गणना गर्दा यादव २१ हजार २२४ मत पाएर अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका  महासेठले अहिलेसम्म २० हजार २०३ मत पाएका छन् ।

यादव र महासेठमा १ हजार २१ मतान्तर छ । कहिले महासेठ त कहिले यादव अग्रता लिँदा प्रतिस्पर्धा रोचक देखिएको छ । मिथिला नगरपालिकाको १० वडा र बटेश्वर गाउँपालिकाको ३, ४ र ५ वडाको मत गणना गर्न बाँकी छ ।

बटेश्वरमा महासेठ र यादवको मत बराबर हाराहरीमा आइरहेको छ । तर बटेश्वर जस्तै मिथिलामा पनि बराबर हाराहारीमा मत आयो भने यादव नै विजयी हुने सम्भावना छ ।

करिब १३ वटाको मत गणना गर्न बाँकी रहेकाले अन्तिम परिणाम आज पनि नआउने देखिएको छ । मतगणना एक ठाउँमा मात्र भइरहेकाले भोलि बिहानसम्म मात्र अन्तिम परिणाम आउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर