गोल्डेन बुट दौडमा एम्बाप्पे – Nepal Press

गोल्डेन बुट दौडमा एम्बाप्पे

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२मा फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले गोल्डेन बुटको प्रमुख दाबेदारमा आफूलाई उभ्याएका छन् । समूह चरणमा डेनमार्क विरुद्ध २ गोल गर्दै फ्रान्सलाई अन्तिम १६ सम्म पुर्याउन महन्वपूर्ण भुमिका खेलेका एम्बाप्पेले दुई खेलमा ३ गोल गरिसकेका छन् ।

एक खेल अगावै नकआउट चरणमा पुगेको फान्सका लागि एम्बाप्पेले समूह चरणमा ट्युनिसियासँगको खेल्न बाँकी छ भने, उनले अन्तिम १६ मा अर्को खेल खेल्नेछन् । फ्रान्सले आगामी दुई खेल खेल्ने पक्का भएसँगै एम्बाप्पेले गोल्डेन बुटको लागि बलियो दाबेदारी प्रस्तुत गरेका हुन् । अन्तिम १६ बाट पनि फ्रान्स अगाडि बढेको खण्डमा एम्बाप्पेले थप खेलहरू पनि खेल्नेछन् ।

यसपटकको विश्वकपमा एम्बापेसँगै इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले ३ गोल गरेका छन् भने इंगल्यान्डका बुकायो साका, फ्रान्सका ओलिभर जिरुड, ब्राजिलका रिचार्लिसन, स्पेनका फेरान टोरेस, नेदरल्यान्डका कोडी ग्याक्पो र इरानका मेडी टरेमीले समान २ गोल गरेका छन् । त्यस्तै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, रोबर्ड लेवान्डोस्की, गेराथ बेल लगायत खेलाडीहरूले समान १ गोल गरेका छन् ।

जारी विश्वकपमा २३ खेलको समाप्तीमा ५५ गोल भएका छन् । अब ४१ खेल हुन बाँकी छ । २०१८ को विश्वकपमा इंग्ल्याण्डका ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *