रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल पाँचौंपटक निर्वाचित – Nepal Press

रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल पाँचौंपटक निर्वाचित

रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी भए भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गरे । १३ सय ६६ मतको अन्तरले एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन् ।

त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २१ हजार ९८६ मत ल्याएका छन् । रुपन्देहीबाट पौडेल पाँचौं पटक सांसदमा चुनिएका हुन् ।

उनले यसअघि ०५१ मा पाल्पा र त्यसपिछ रूपन्देहीबाट लड्दै आएका छन् । ०५६ मा पराजित भएका उनी २०६४ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधान, २०७० मा माओवादीका डा. बाबुराम भट्टराई र २०७४ सालमा काँग्रेसका युवराज गिरीलाई हराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर