कपिलवस्तु ३ मा एमालेको दुर्लभ विजय, अभिषेकको अविराम यात्रामा मंगल गुप्ताको ब्रेक – Nepal Press

कपिलवस्तु ३ मा एमालेको दुर्लभ विजय, अभिषेकको अविराम यात्रामा मंगल गुप्ताको ब्रेक

बुटवल । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको अविराम विजयलाई रोक्दै नेकपा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । केही समयअघि मात्र एमाले प्रवेश गरेका गुप्ताले यसपटक विगतका सबै पराजयको बदला लिएका छन् ।

एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ ।यो क्षेत्रमा एमालेको संसदीय इतिहासमै पहिलो बिजय हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर