आजबाट सलोन, कुशल र शिल्पाको ‘मीलन’ देशभर रिलिज – Nepal Press

आजबाट सलोन, कुशल र शिल्पाको ‘मीलन’ देशभर रिलिज

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मीलन’ आज (शुक्रबार)बाट देशभर रिलिजमा आएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशनमा तयार भएको मीलन देशभरका मल्टिप्लेक्ससँगै सिंगल थिएटरहरुमा एकसाथमा रिलिज भएको बताइएको छ ।

आज अन्य कुनैपनि नयाँ नेपाली चलचित्र रिलिजमा आएका छैनन् । अन्य केहि बिदेशी चलचित्र भने हलमा प्रदर्शन भइरहेका छन् । चलचित्रलाई क्युएफएक्स चेनले थोरै शो दिएको बिषयमा मीलन निर्देशक राईले कुनैपनि चित्त दुखाई नभएको र भोलीबाट दर्शकको फ्लो बढेपछि शो पनि बढ्ेनमा विश्वास राखेका छन् । उनी भन्छन्, हामीलाई विश्वास छ । चलचित्रलाई दर्शकले मन पराउनुहुनेछ । दर्शकको माग भएपछि शोहरु पक्कै बढ्नेछन् । हाम्रो अन्य मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा राम्रै शो छ ।

मंगलबार गरिएको प्रिमियरबाट पनि मीलनले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाको मुख्य भूमिका रहेको छ । साथै शिशिर बांग्देल, बिशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रबिन थापा निर्माता रहेको मीलनमा तीनवटा गीत समावेश छन् । कबिराज गहतराजको कोरियोग्राफि रहेको चलचित्रमा प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर