सिरहा ४ बाट जसपाका विरेन्द्र प्रसाद महतो विजयी – Nepal Press

सिरहा ४ बाट जसपाका विरेन्द्र प्रसाद महतो विजयी

जनकपुरधाम । सिरहा क्षेत्र नम्वर ४ बाट जनता समाजवादी पार्टी (जसपा)का विरेन्द्र प्रसाद महतो करिब ८ हजार मतान्तरले विजयी भएका छन् ।

महतो २४ हजार १०२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका विरेन्द्र प्रसाद साहले १६ हजार २९४ मत पाए ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका धर्मनाथ साह मात्र १४ हजार ६५३ मत पाएर तेस्रो स्थानमा सिमित भए ।

०७४ मा यो क्षेत्रबाट जसपाका राजकिशोर यादव विजयी भएका थिए । उनलाई पार्टीले यो पटक सिरहा २ बाट उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर