फराकिलो मतान्तरले सिन्धुपाल्चोक २ मा बस्नेत निर्वाचित – Nepal Press

फराकिलो मतान्तरले सिन्धुपाल्चोक २ मा बस्नेत निर्वाचित

तामाङको ह्याट्रिकमा बस्नेत बाधक

सिन्धुपाल्चोक । आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

आफ्नो क्षेत्र छाडेर २ मा गएका बस्नेतले एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लाई ११ हजार ८७४ को फराकिलो मतान्तर सहित बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले ३९ हजार ३२७ मत ल्याउँदा एमाले उम्मेदवार तामाङले २७ हजार ४९३ मात्रै मत ल्याएका थिए ।

मंसिर ४ को निर्वाचन अगाडि नै सिन्धुपाल्चोकमा गठबन्धनका नेताहरु बीच कुन क्षेत्र लिने भन्नेमा विवाद थियो । क्षेत्र छाड्नु परे विद्रोह गर्ने धम्की दिएका बस्नेत अन्तत क्षेत्र परिवर्तन गरेर पनि फराकिलो मतान्तर सहित विजयी भएका छन् । बहुदलीय व्यवस्थ पछि भएको निर्वाचन यता पहिलो पटक सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसले जित निकालेको छ ।

सिन्धुपाल्चोकमा गठबन्धनको क्लिनसीप

२०७४ को निर्वाचनमा १ प्रतिनिधि सभासहित २ प्रदेश सभामा जितेको एमालेले अहिलेको निर्वाचनमा भने कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेन । गठबन्धनले सिन्धुपाल्चोकमा क्लिनसीप बनाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचितत भएका छन् । एमाले उम्मेदवार हस्त पण्डितलाई हराउँदै तामाङ निर्वाचित भएका हुन् ।

तामाङले १७ हजार ७५८ मत ल्याउदा एमाले उमेदवार पण्डितले १६ हजार २५३ मत ल्याएका थिए । दुवै बीच मतअन्तर १५ सय ५ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर