बैतडीको प्रदेश सभामा एमालेका पाल विजयी – Nepal Press

बैतडीको प्रदेश सभामा एमालेका पाल विजयी

कैलाली। बैतडीको प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बैतडीको प्रदेश सभा १ मा पाल १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।

पालले आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पारे। भण्डारीले ११ हजार १८ मत प्राप्त गरे।

नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे। प्रदेश सभामा निर्वाचित भएका पाल बैतडी जिल्ला अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर