गठबन्धनका उम्मेदवारलाई चौथो बनाउँदै नवलपरासीमा माओवादीका बागीले जिते – Nepal Press

गठबन्धनका उम्मेदवारलाई चौथो बनाउँदै नवलपरासीमा माओवादीका बागीले जिते

रुपन्देही । पश्चिम नवलपरासी प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा स्वतन्त्र भएर उम्मेदवारी दिएका खड्ग बहादुर बस्नेत विजयी भएका छन् ।

खड्काले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७८मत प्राप्त गरेका छन् ।

७१ मतको झिनो अन्तरले खड्का विजयी भएका हुन् । तेस्रो स्थानमा एमालेका थानप्रसाद गैरेले ९ हजार ९सय ७९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादीबाट प्रदेश सभामा दाबी प्रस्तुत गरेका खड्काले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गठबन्धनको समर्थनमा माओवादीका आधिकारिक उम्मेदवार चिनक कुर्मीलाई चौथो स्थानमा पुगेका छन् । बस्नेत र कुर्मीलाई समर्थन गर्ने विषयमा यहाँको नेतृत्व पटक पटक विवादमा तानिएका थिए ।

डाक्टर बाबुराम भट्टराई निकट कुर्मीले केन्द्रबाट टिकट ल्याए पनि स्थानीय कार्यकर्ताले बस्नेतलाई साथ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर