मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित – Nepal Press

मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट फराकिलो जित हासिल गरेका छन् । मतगणना नसकिँदै उनी विजयी बनेका हुन् ।

यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो स्थानमा एमालेका अब्दुस मियालाई ५ हजार ६ सय ३७ मत आएको छ ।

दोस्रो स्थानमा रहेका बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६ सय ११ पुगेको छ । त्यसैले बाँकी मत जता गए पनि प्रचण्डको जित निश्चित भएको हो ।

चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोर्खा गएका थिए ।


प्रतिक्रिया

One thought on “मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित

  1. के शानदार जित ? विना ढेउवा काँग्रेसको सेवा र भारतको दलाली गर्नेलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर