कांग्रेसले जित्यो गण्डकी प्रदेशसभामा पाँचौँ सिट – Nepal Press

कांग्रेसले जित्यो गण्डकी प्रदेशसभामा पाँचौँ सिट

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा जितेको सिट संख्या ५ पुर्‍याएको छ ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार बाग्लुङ १(२) मा कांग्रेस विजयी भएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदी निर्वाचित भएका हुन् ।

सुवेदीले १३ हजार ३२० मत प्राप्त गर्दै प्रदेश सभाको ढोका खोलेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले भने केबल ७ हजार २५३ मत ल्याउन सके ।

नेपाली कांग्रेसले यसअघि मुस्ताङमा २, मनाङ, बागलुङ २ (२) मा प्रदेशसभा निर्वाचन जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर