तनहुँमा भेटियो ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ मंसिर ६ गते २२:०४
![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/pradesh.jpg)
पोखरा । तनहुँमा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ । तनहुँ प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा यस्तो मतपत्र भेटिएको हो ।
प्रदेशसभा तर्फको प्रत्यक्ष निर्वाचनको मतपत्रमा यस्तो सन्देशसहितको मतपत्र फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँ २ को मतगणना अहिले शुक्लागण्डकि नगरपालिकाको कार्यालयमा भैरहेको छ ।
तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।
प्रतिक्रिया