मधेशका अर्थमन्त्री हराएर विजयी जनमतका सिंहले भने- यो जीत जनताको हो – Nepal Press

मधेशका अर्थमन्त्री हराएर विजयी जनमतका सिंहले भने- यो जीत जनताको हो

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१)मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई जनमत पार्टीका सतिश कुमार सिंह पराजित गरेका छन् ।

सिंहले ८ हजार ४४२ मतान्तरले अर्थमन्त्री समेत रहेका जसपा उम्मेदवार साहलाई पराजित गरेका हुन् । पराजित साहलाई नेकपा एमालेको पनि समर्थन थियो ।

विजयी भएका सिंहले १६ हजार ७३४ मत ल्याएर विजयी हुँदा साह ८ हजार २९२ मै रोकिए । पराजित भएका साह मुख्यमन्त्रीको दावेदार पनि थिए ।

विजय हासिल गरेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो जित जनताको भएको बताए ।

यसअघि सप्तरी प्रदेशसभा क्षेत्र २ (२)बाट जनमत पार्टीकै महेश यादव निर्वाचित भइसकेका छन् । उनले पनि सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता समेत रहेका पूर्वमन्त्री उमेश यादवलाई पराजित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर