कसले दियो लेखराज भट्टलाई मार्ने धम्की, प्रशासनसँग मागे सुरक्षा – Nepal Press

कसले दियो लेखराज भट्टलाई मार्ने धम्की, प्रशासनसँग मागे सुरक्षा

कैलाली । पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टको घरमा २ अज्ञात व्यक्ति पुगेर ज्यान मार्ने धम्की दिएका छन् ।

मंगलबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर उक्त समूहले धम्की दिएको हो। भट्ट र परिवारका सदस्य कोहि नभएको बेला बेला २ जनाले घरमा पसेर धम्की दिएका हुन् ।

‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर कहाँ छ ? मन्त्री त्यसलाई ठिक पार्छौ भन्दै धम्की दिएछन्,’ भट्टले भने , ‘म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ। मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु।’

२ जनाले भट्ट लाई घरमा नभेटेपछि सहयोगी हरुलाई भट्ट लक्षित गर्दै ज्यान मार्ने दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर