विश्वकप २०२२ : इङ्गल्यान्डको विजयी सुरुआत, इरान ६-२ ले पराजित – Nepal Press

विश्वकप २०२२ : इङ्गल्यान्डको विजयी सुरुआत, इरान ६-२ ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२ गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डलाई जित दिलाउन बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक/एक गोल गरे ।

इरानका मेदी तारेमीले २ गोल फर्काए ।

खेलको ३५औँ मिनेटमा वेलिङगामको गोलमा सुरुआती अग्रता लिएको इङ्गल्यान्डका साकाले ४४औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । त्यसको एक मिनेट नबित्दै स्टर्लिङ्गले गोल गर्दै पहिलो हाफमा इङ्गल्यान्ड ३–० को अवस्थामा पुर्‍याएका थिए ।

खेलको सुरुआत देखिनै एसियन टिम माथि हाबी भएको इङ्गल्याण्डले दोस्रो हाफमा तीन गोल थप्यो ।

साकाले ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमका लागि चौथो गोल गरे ।

इरानका तारेनीले ६५औँ मिनेटमा पहिलो गोल फर्काएका थिए ।

रासफोर्डले ७१औँ मिनेटमा गोल गर्दै इङ्गल्यान्ड अग्रता फराकिलो पारे ।

ग्रिलिसले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै इङ्गल्यान्ड जित ६–१ले शुनिश्चित गरे ।

इन्जुरी समयको अन्त्यतिर पाएको पेनाल्टीको सदुपयोग गर्दै तारेमीले दोस्रो गोल गले पनि इरानको जितका लागि पर्याप्त बन्न सकेन ।

जितसँगै इङ्गल्यान्डे समूह बी मा तीन अंक जोडेको छ ।

आज ९ः४५ बजे हुने खेलमा समूह ए का नेदरल्यान्ड्स र सेनेगल भिड्दैछन् भने, राती १२ः४५ बजे हुने खेलमा समूह बी कै अमेरीका र वेल्स प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर