गगनले भने- यो चुनावले देश कसले हाँक्ने भन्ने निर्धारण गर्दैछ (भिडिओ) – Nepal Press

गगनले भने- यो चुनावले देश कसले हाँक्ने भन्ने निर्धारण गर्दैछ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । उनी सत्तागठबन्धनबाट काठमाडौं-४ मा उम्मेदवार छन् ।

काठमाडौंको मैतिदेवीमा मतदानपछि प्रतिक्रिया दिँदै थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाँक्ने भन्ने निर्धारणसमेत गर्ने र त्यसको तयारी आफूले गर्ने बताए ।

‘संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउनका लागि मूलधारका राजनीतिक दलहरूलाई पनि परिवर्तन गर्नुपर्नेछ । निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरे अप्ठ्यारो हुन्न । तर, विगतकै निरन्तरतालाई कायमै गरे समस्या आउन सक्छ’, थापाले भने ।

जनताको परिवर्तनको आकांक्षालाई पूरा गर्नका लागि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर