जंगिलाल कांग्रेसबाट निष्कासित, लोसपाको आपत्ति – Nepal Press

जंगिलाल कांग्रेसबाट निष्कासित, लोसपाको आपत्ति

जनकपुरधाम । सर्लाही क्षेत्र नम्बर २ (१)मा उम्मेदवार रहेका जंगीलाल रायलाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

उम्मेदवार रायलाई नै कारबाही गरेकोमा सत्ता गठबन्धनका एक घटक लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर उनीमाथिको कारबाही सम्झौता विपरीत भएको ठहर गरेका छन् ।

‘चुनावको मुखमै आएर एउटा गठबन्धनको नाममा अर्को गठबन्धनलाई असर पुर्‍याउने गरी अमुक व्यक्ति र अमुक पार्टीको दबाबमा गरिने यस्तो कार्य एउटा उम्मेदवारको राजनीतिक जीवनको हत्या हो’, लोसपा अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले रायको उम्मेदवारी नै खारेज भएको कुरा हल्ला र भ्रम रहेको स्पष्ट पारेका छन् । ०७९ असोज २२ को सहमति अनुसार लोसपा र कांग्रेसको आधिकारिक साझा उम्मेदवार प्रतिनिधि सभातर्फ राजेन्द्र महतो, २ (१)मा जंगिलाल राय र २ (२) मा मेथुर चौधरी नै रहेको पनि विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर