हचुवामा सर्वेक्षण गर्नु आपत्तिजनक, निर्वाचन आयोगको ध्यानाकर्षण होस् : राजेन्द्र लिङ्देन – Nepal Press

हचुवामा सर्वेक्षण गर्नु आपत्तिजनक, निर्वाचन आयोगको ध्यानाकर्षण होस् : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गरिनु आपत्तिजनक भएको बताएका छन्।

शनिवार एक विज्ञप्ति जारी गर्दै आचारसंहिता विपरीत भएको बताएका हुन्।

‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक हुनु/गरिनु आपत्तिजनक मात्रै होइन निर्वाचनको आचारसंहिता विपरीत छ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न राप्रपा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

उनले अविलम्ब यस्ता कार्य रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर