निर्वाचनमा तटस्थरूपमा पर्यवक्षेण गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह (भिडिओ) – Nepal Press

निर्वाचनमा तटस्थरूपमा पर्यवक्षेण गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।

शुक्रबार आम निर्वाचन पर्यवेक्षण समितिले काठमाडौंमा गरेको निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा थपलियाले पर्यवेक्षणले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगलाई नै सहयोग पुग्ने भएकाले तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गरेका हुन् । पर्यवेक्षणका क्रममा देखिएका त्रुटी लगायतका विषय तत्कालै आयोगलाई जानकारी गराए निर्वाचनलाई थप स्वच्छ बनाउन मद्धत पुग्ने उनको भनाई छ ।

थपलियाले मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको जानकारी दिए । त्यस्तै, थपलियाले निर्वाचनको शान्त तलाउलाई दुषित बनाउने दुस्साहस नगर्न समेत आग्रह गरे । उनले निर्वाचनलाई सम्पन्न गर्नका लागि कानूनको पालना गर्नसमेत आह्वान गर्दै कानूनले कसैलाई ठूलो वा सानो नभन्ने बताए ।

कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समिति जियोकले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको तथा विगतको तुलनामा सुदृढ रूपमा निर्वाचनको तयारी भएको जनाएको छ । त्यस्तै यसपटकको निर्वाचनमा प्रचार प्रसारका क्रममा विगतमा तुलनामा दलहरु संयमित भएको देखिएको समेत जियोकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर