यूएईविरुद्ध ज्ञानेन्द्रको अर्धशतक – Nepal Press

यूएईविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

काठमाडौं । ज्ञानेन्द्र मल्लले यूएईविरुद्धको एकदिवसीय खेलमा अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि ज्ञानेन्द्रले अर्धशतक बनाएका हुन् ।

ज्ञानेन्द्रले ६१ बलमा ५ चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाए । उनले असिफ शेखसँग १ सय ४ रनको साझेदारी गरका छन् ।

नेपाल ३० ओभरको समाप्तिमा १–१२८ को अवस्थामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर