विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा करिब १८ अर्ब बाहिरियो – Nepal Press

विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा करिब १८ अर्ब बाहिरियो

काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीले तीन महिनामा झण्डै १८ अर्ब रुपैयाँ विदेश लगेका छन् । शिक्षातर्फको खर्च तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गतवर्ष शिक्षातर्फको खर्च ८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च २.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च १६ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण आम्दानी भने ११०.४ प्रतिशतले वृद्धि भएको छ । भ्रमणबाट नेपालले ११ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ अर्ब ४२ करोड रहेको थियो । तीन महिनामा खुद सेवा आम्दानी २१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर