जापानका उप-विदेशमन्त्री निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउँदै – Nepal Press

जापानका उप-विदेशमन्त्री निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउँदै

टोकियो । जापानका उप-विदेशमन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने भएका छन् । जापानको विदेश मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उनी संघीय र प्रदेशसभाको निर्वान पर्यवेक्षक प्रमुखको रुपमा नेपाल जान लागेका हुन ।

‘नेपालमा नोभेम्वर २० तारिख हुन गैरहेको निर्वाचनलाई पार्दर्शी, निष्पक्ष र शान्तपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो’, विदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ’जापानका तर्फ बाट निर्वाचन प्रयवेक्षण गर्न पठाइएको पर्यवेक्षक प्रमुखका रुपमा उप-विदेशमन्त्री ताकेइलाई नेपालमा खटाइएको हो ।’

उप-विदेशमन्त्री ताकेइ नोभेम्बर १९ मा नारिता विमानस्थलबाट नेपालतर्फ प्रस्थान गर्नेछन । निर्वाचन सकिएपछि उनी नोभेम्बर २१ मा भुटान, २४ मा बङ्गलादेश हुँदै २५ मा जापान फर्कने तालिका रहेको छ ।

जापानका उप–विदेशमन्त्री प्रमुख प्रयवेक्षकका रुपमा नेपाल जान लागेको टोकियो स्थित नेपाली दूतावसले पुष्टि गरेको छ । ‘उप-विदेशमन्त्रीज्यू नेपाल जाने सूचना हामीलाई पनि प्राप्त भएको छ’, दुतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *