१५ वर्षदेखि वाईसीएलको कब्जामा रहेको मिनभवनको एक सरकारी भवन – Nepal Press

१५ वर्षदेखि वाईसीएलको कब्जामा रहेको मिनभवनको एक सरकारी भवन

काठमाडौं । माओवादीको युवा संगठन वाईसीएलले मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय परिसरमा एउटा सानो घर लामो समयदेखि कब्जामा लिएको छ । विभागले राजनीतिक दबाबमा त्यो ठाउँ खाली गराउन सकेको छैन । कब्जा गर्नेहरू पनि सजिलै छाड्न मानिरहेका छैनन् ।

कब्जा जग्गामा वाईसीएलको बोर्ड भने छैन । बाहिर हेर्दा फोहोर देखिने भवनमा भित्र केही कुर्सी, खानेपानी र माओवादीको चुनाव चिन्ह छ । भवनभित्र सामानहरू छरपस्ट छन् । २०६४ सालमा सालमा वाईसीएलले करिब आधा रोपनी जग्गा कब्जा गरेको हो । प्रचण्डपुत्री  रेणुकुमारी दाहालले काठमाडौंबाट यसभन्दा अघिको निर्वाचनमा उम्मेदवारी दिँदा सो कार्यालय लिएको थियो ।

तर, सरकारी कार्यालयको भवन विनासम्झौता वाईसीएलले कब्जा गरेको हो ।

यातायात व्यवस्था विभागले पटक पटक वाईसीएलको कार्यालय हटाउन अनुरोध गर्दा पनि अटेर गरेको छ । यातायात व्यवस्था विभागमा रहेको सशस्त्र र नगर प्रहरी तथा ट्राफिक कार्यालयलाई पनि सुरक्षा चुनौती भएको विभाग बताउँछ ।

विभाग स्रोतका अनुसार यातायात विभागभित्र रहेको वाईसीएलको कार्यालयका विभिन्न व्यक्तिहरूलाई बोलाएर चन्दा माग्ने अखडा बनेको छ ।

स्रोतले भन्यो, ‘अघिल्लो चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को प्रचारप्रसारका लागि भनेर यातायात व्यवस्था विभागको कार्यालय नै माओवादीले लिएको थियो । त्यसलाई पनि वाईसीएल कार्यालय बनाएर सञ्चालन गरेको छ । विभागले पटक-पटक वाईसीएलको कार्यालय हटाउन भनेको थियो । सशस्त्र र नगर प्रहरीले पनि कार्यालय विभागबाट हटाउन अनुरोध गरेको थियो । वाईसीएल कार्यालयले कुनै मतलब गरेन ।’

विभाग स्रोतका अनुसार अहिले पनि चुनावका विभिन्न कार्यक्रमहरू विभागको स्वामित्वमा रहेको यही भवनलाई प्रयोग गरिरहेको छ । वाईसीएलको अध्यक्षमा सुबोधराज शेर्पालीले यसभन्दा पहिले काठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन परिचाल कमिटिको कार्यालय रहेको थियो । अहिले के छ त्यस बारेमा थाहा नभएको शेर्पालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *