गण्डकीमा अर्का मन्त्री बर्खास्त, मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको आरोप – Nepal Press

गण्डकीमा अर्का मन्त्री बर्खास्त, मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको आरोप

पोखरा । गण्डकी सरकारका अर्का मन्त्री बर्खास्तमा परेका छन् ।

भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।

`मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको हो,´ स्रोतले भन्यो ।

उनी सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । खड्काको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले लिएर मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेका छन् ।

तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए । कानूनमन्त्री थापा र खड्का एकै

यी दुवैजना मन्त्री कास्की २ (२) बाट उम्मेदवार बन्न रेसमा थिए ।

यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।

यो पनि पढ्नुस् :


प्रतिक्रिया

One thought on “गण्डकीमा अर्का मन्त्री बर्खास्त, मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको आरोप

  1. गठबन्धनले प्रदेशलाई जनताको नजरमा कलंकित गर्यो । प्रदेश खराव होईन गठबन्धन लुटेराहरूको झुण्ड भएकाले प्रदेशहरू नालायक देखिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर